काठमाडौं– योगी पाइलट बाबाको निधन भएको छ। मंगलबार दिँउसो २ देखि ३ बजेको बीचमा मुम्बईस्थित कोकिलाबेन अस्पतालमा उनको निधन भएको निजी चिकित्सक डा. अनिल मिश्रले जानकारी दिए।
डा मिश्रका अनुसार पाइलट बाबालाई उक्त अस्पतालमा एक महिना आठ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको थियो। ८६ वर्षका उनी लामो समयदेखि मधुमेहको समस्याबाट पीडित थिए। पछिल्लो समय छातीमा खराबी देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
पाइलट बाबाको अन्त्येष्टि बुधबार भारतकै हरिद्वारमा हुने डा मिश्रले जानकारी दिए।
पाइलट बाबाको आधिकारिक फेसबुक पेजमा पनि उनको निधन भएको उल्लेख गरिएको छ र अनुयायीहरुलाई शान्त रहन अपिल गरिएको छ।
पाइलट बाबा भारतको विहार राज्यको सासाराम भन्ने स्थानमा सन् १९३८मा जन्मिएका थिए। पाइलट बाबाको वास्तविक नाम कपिल सिंह हो। सन् १९५७ समा उनले एक लडाकू विमान सैनिक सेवामा प्रवेश गरेका थिए।
उनले १९६२, १९६५ र १९७१ मा बहादुरीपूर्वक चीन, पाकिस्तानको युद्धमा भाग लिएका थिए। उनले भारत सरकारबट वीर चक्र, विशिष्ट सेवा मेडल, कम उचाइमा लडाकू जहाज उडाएर कीर्तिमा राखेका थिए।
उनले बीएचयूबाट जैविक रसायन विज्ञानमा स्नातकोत्तर गरेका थिए। उनले १५ वर्षसम्म भारतीय विमान सैनिकको रुपमा काम गरे विङ कमाण्ड सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।