काठमाडौं– सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका- ७ तिपेनीमा सुख्खा पहिरो खसेको छ।
पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ। खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको छ।
जिल्ला प्रशासन कार्यालयले पहिरो खसेपछि खोलामा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले सूचनामा भनेको छ, ‘पाँचपोखरी थाङपाल गाउँपालिका ७, ८, मेलम्ची नगरपालिका ७, ९, ११, १२, १३, इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बस्ने स्थानीय वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।’
जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी भइरहेको प्रशासन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।