काठमाडौं-सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछानेसँग बयान लिने तयारी गरेको छ ।
समितिले हिजो गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको थियो ।
जीबी राई नेतृत्वमा खुलेको सहकारीबाट बचतकर्ताको रकम अपचलनमा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सह-महामन्त्री आचार्यको नाम पनि जोडिएको छ ।
समितिले शनिबार सुप्रिम सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप लागेका दीपेश पुनसँग पनि बयान लिएको थियो । समितिले हालसम्म सहकारी ठगीमा थुनामा रहेका सञ्चालक तथा आरोपीसँग पनि बयान लिइसकेको छ। सोधपुछको काम अन्तिम चरणमा पुर्याएको समितिले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।