काठमाडौं– नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ।
अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए।
क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५ अप्रिल १२ देखि २१ सम्म हुनेछन्।
यो प्रतियोगिताको विजेता सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यु-१९ विश्वकप क्रिकेटका लागि छानिने छ।
छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन्।
यसअघि नेपाल यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा छनोट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।