काठमाडौं-सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ५ थामेमा आएको भीषण बाढीले भौतिक संरचनामा गरेको क्षतिको स्थिति र कारणबारे बुझ्न विज्ञसहितको टोली आज घटनास्थल जाने भएको छ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली घटनास्थल जाने भएको हो । प्रभावित क्षेत्रमा नेपाली सेनासहितको टोली भने हिजै गएको थयो ।
हिजो दिउँसो पौने २ बजेतिर एक्कासि बाढी गाउँ पस्दा २० घर थामे आधारभूत विद्यालय र एउटा स्वास्थ्य संस्था बगाएको छ । यस्तै, दुधकोशी नदीको पक्की पुल पनि बाढीले बगाएको छ । बाढीले एक जना बेपत्ता भएका छन् अन्य भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।