काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झामाथि लागेका आरोपमाथि आजदेखि जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु हुँदै छ ।
थुनछेक बहसपछि उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने आदेश हुने छ । प्रहरीले तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा झाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको थियो ।
बयान झाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई थाहै नभएको इन्कारी बयान दिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।