चितवन-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका दुई स्थानमा आज बिहान पहिरो जाँदा सडक अवरूद्ध भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका-३ चुम्लिङटार र मौवाखोलामा बिहान सात बजेतिर पहिरो खसेको हो ।
मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी नै बाटो अवरूद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अहिले बाटो खुलाउन पहल भइरहेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।