• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

रुसको १,००० वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको युक्रेनको दाबी, 'उचित जबाफ' दिने रुसी राष्ट्रपतिको चेतावनी

64x64
नेपाल लाइभ मंगलबार, साउन २९, २०८१  ११:५५
1140x725

काठमाडौं– युक्रेनका एक जना उच्च कमान्डरले आफ्नो फौजले रुसको १,००० वर्ग किलोमिटर भूभाग नियन्त्रणमा लिएको बताएका छन्। कमान्डर ओलेक्जान्डर सीर्स्कीले युक्रेनले कुर्स्क क्षेत्रमा आफ्नो कारबाही जारी रहेको बताएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरू देशमा युद्ध निम्त्याएको रुसभित्रै युद्ध पुगेको बताएका छन्।

तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको इलाकाभित्र प्रवेश गरेको बदलामा युक्रेनलाई 'समुचित जबाफ दिने' चेतावनी दिएका छन्। युद्ध सुरु भएयता युक्रेनी फौज पहिलो पटक रुसी भूभागको ३० किलोमिटरभित्र पसेको विवरणपछि राष्ट्रपति पुटिनले त्यस्तो बताएका हुन्।

युक्रेनको आक्रामक कदमपछि राष्ट्रपति पुटिनले क्षेत्रीय गभर्नर र सुरक्षा अधिकारीहरूसँग महत्त्वपूर्ण बैठकहरू गरेका छन्। पुटिनले एउटा बैठकमा रुसी फौजले 'दुस्मनलाई लखेट्ने' बताएको समाचारहरूमा जनाइएको छ।

युक्रेनी फौज गत मङ्गलवार प्रवेश गरेको रुसको कुर्स्क क्षेत्रका गभर्नरले युक्रेनी फौजले २८ वटा गाउँ नियन्त्रणमा लिएको बैठकमा बताएका छन्। गभर्नर एलेक्सी स्मिरनोफले बैठकमा युक्रेनी फौज आफ्नो क्षेत्रको १२ किलोमिटरभित्र रहेको जानकारी दिए।

बीबीसीका एकजना संवाददाता भन्छन्, "गभर्नरले जब युक्रेनी फौज रुसको कति भित्रसम्म पसेका छन् भन्नेबारे बोल्न थाले राष्ट्रपति पुटिनले उनलाई बीचमै रोके। र, मानिसहरूलाई कसरी सहयोग गरिँदै छ भन्नेमा केन्द्रित हुन आग्रह गरे।"

आक्रमणयताकै पहिलो घटना
गभर्नर स्मिरनोफका अनुसार एक लाख २१ हजार मानिसलाई उनीहरूको घरबाहिर पठाइएको छ। र, थप ५९ हजारलाई पठाउनुपर्नेछ। आफ्ना १२ जना सर्वसाधारण मारिनुका साथै १२० भन्दा बढी घाइते भएका उनले जनाएका छन्।

रुसभित्र युक्रेनको प्रवेशले धेरैलाई आश्चर्यचकित बनाएको बताउँदै बीबीसीका अर्का संवाददाता भन्छन्, "यो एक ठूलो कदम हो। तर सम्भावित जोखिमपूर्ण पनि। तर किएभले यो वर्ष मस्कोको पक्षमा अघि बढिरहेको द्वन्द्वको गतिलाई यसले परिवर्तन गर्न सक्ने आशा गरेको देखिन्छ।"

रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेयता युक्रेनी सेना रुसी भूभागमा सबैभन्दा भित्रसम्म पुगेको यो पहिलो घटना हो। रुसको रक्षा मन्त्रालयले आफ्नो फौज र युक्रेनी सेनाबीच टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको छैटौँ दिन सीमाभन्दा ३० किलोमिटर भित्रसम्मका गाउँ पुगेको हो। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिआ जाखारोभाले “रुसको शान्त जनसङ्ख्यालाई धम्की दिएको” आरोप किएभमाथि लगाएकी छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो फौजबाट रुसी भूभागमा आक्रमण भएको स्वीकार गरेका छन्।

एक सम्बोधनका क्रममा जेलेन्स्कीले रुसले कुर्स्क क्षेत्रबाट यो बर्खा याममा मात्रै २,००० आक्रमण आफ्नो देशतर्फ गरेको बताए। "तोप, मोर्टार, ड्रोन र क्षेप्यास्त्र आक्रमण पनि भएको अभिलेख हामीले राखेका छौँ। यी प्रत्येक यस्ता आक्रमणले जबाफ पाउँछन्," किएभबाट देशवासीलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने।

एक जना युक्रेनी वरिष्ठ अधिकारीले हजारौँ सैनिकहरू उक्त कारबाहीमा संलग्न भएको एएफपी समाचार संस्थालाई बताएका छन्।

Xtrem

Xtrem

युक्रेन समर्थित एउटा समूहले पनि छिटपुट आक्रमण गर्दै आएको कुर्स्क क्षेत्रमा किएभले सबैभन्दा ठूलो योजनाबद्ध आक्रमण गरेको हो। उनीहरूतर्फ सकेसम्म धेरै क्षति पुर्‍याएर अस्थिर अवस्था सिर्जना गर्दै रुसले आफ्नै सीमाको रक्षा गर्न नसक्ने बनाउनु हो,” ती अधिकारीले भने।

रुसको रक्षा मन्त्रालयले आफ्नो फौजले “बख्तरबन्द गाडीसहित रुसको भित्री भागमा प्रवेश गर्न खोज्ने विपक्षीका घुम्ती समूहको प्रयास असफल बनाइदिएको” बताएको छ।

तर रुसले सीमाभन्दा २५ र ३० किलोमिटर दूरीमा रहेका टोल्पिनो र ओब्बेस्चे कोलोडेज् गाउँमा लडाइँ भइरहेको जानकारी दिने क्रममा किएभका फौज कुर्स्क सीमाको भित्री भागमा प्रवेश गरेको स्वीकार गरेको छ।

अनलाइनमा फैलिइरहेका र बीबीसीले पुष्टि गरेका भिडिओमा रुसी सेनाले युक्रेनसँगको सीमाभन्दा २५ किलोमिटर वरको गाउँमा आक्रमण गरिरहेको देखिएको छ।

युक्रेनी सेनाले कुर्स्क क्षेत्रका केही बस्तीहरू कब्जामा लिएको जनाएको छ। युक्रेनी सीमाभन्दा तीन किलोमिटरभित्र रुसको ग्वेभो गाउँमा सैनिकहरूले प्रशासकीय भवनहरूबाट रुसी झन्डा हटाइँदै गरेको भिडिओ खिचेका छन्।

कतिपय गाउँमा युक्रेनी फौजले प्रशासकीय भवनहरू कब्जामा लिएका र कुनै स्थानमा भीषण भिडन्त भइरहेका विवरण आएका छन्। युक्रेनी फौजले सज्खास्थित रुसको प्रमुख मध्येको ग्यास उत्पादन केन्द्रबाहिर आफ्नो भिडिओ खिचेका छन्। यहाँबाट रुसको ग्यास युक्रेनको बाटो हुँदै युरोपेली देशहरूसम्म जाने गरेको छ। यो मार्गबाट युद्धका बीच पनि ग्यास आपूर्ति भइरहेको छ।

कुर्स्कको सीमावर्ती सुमे क्षेत्रमा बीबीसी संवाददाताहरूले बख्तरबन्द गाडीहरूको लस्कर रुसतर्फ अघि बढेको देखेका छन्। यी गाडीहरूमा सेतो रङ्गको त्रिकोणात्मक प्रतीक छ जसले युक्रेनमा प्रयोग भएकाभन्दा यी उपकरणहरू फरक भएको देखाउँछन्। आकाशबाट लिइएका कतिपय तस्बिरहरूमा युक्रेनी ट्याङ्कहरू रुसी सीमाभित्रका क्षेत्रमा युद्धरत देखिएका छन्।

बीबीसीले पुष्टि गरेको एक तस्बिरमा रुसले कुर्स्कको आणविक ऊर्जा केन्द्र नजिकै आफ्नो रक्षा पङ्क्ति तयार गरिरहेको देखिएको छ। युक्रेनी सैनिकहरू यहाँभन्दा ५० किलोमिटर टाढा छन्।

केही दिनअघि लिइएका भू उपग्रह तस्बिरहरूमा नदेखिएका खाडलहरू पछिल्लो पटक लिइएका तस्बिरमा देखिएका छन्। रुसले कुर्स्कको सीमा क्षेत्रबाट ७६,००० मानिसहरूलाई उद्धार गरिएको र उक्त क्षेत्रमा स्थानीय प्रशासनले सङ्कटकाल घोषणा गरेको जनाएको छ।

एक जना रुसी अधिकारीले खसालिएको युक्रेनी क्षेप्यास्त्रको भग्नावशेष शनिवार एउटा घरमा खस्दा १५ जना घाइते भएको बताएका छन्। युक्रेनको पूर्वी क्षेत्रमा रुसी सेना अघि बढेर थप गाउँहरू कब्जामा लिएको केही सातापछि कुर्क्स क्षेत्रमा युक्रेनी सेना प्रवेश गरेको थियो।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ११:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग
सम्बन्धित सामग्री
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते विद्रोही समूह ‘अराकान आर्मी’ को नियन्त्रणमा रहेको क्षेत्रमा सोमबार भएको उक्त आक्रमणमा ५८ जना घाइते भएका छन् । मंगलबार, असोज १३, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा अमेरिकी नौसेनाको उन्नत मानवविहीन पानीमुनिको निगरानी उपकरण (अ... सोमबार, असोज १२, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पुनः खोल्ने र युद्ध अन्त्य गर्ने विषयमा इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेको... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
एसएसपी सन्तोष खड्का मानव अधिकार आयोग पुगे मंगलबार, असोज १३, २०८३
संसदीय समितिमा दोहोरोपन, सांसद विकद्वारा संयुक्त विशेष समिति बनाउन माग मंगलबार, असोज १३, २०८३
‘दैवी प्रकोप’ भनेर पन्छिन मिल्दैन, विपद् प्राधिकरणलाई अधिकारसम्पन्न बनाउन सांसद खरेलको माग मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सुनको भाउ घट्यो सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्