काठमाडौँ-पेरिस ओलम्पिक २०२४ मा स्पेनले पुरुष फुटबलमा स्वर्ण जितेको छ । स्पेनले शुक्रबार राति भएको फाइनलमा फ्रान्सलाई अतिरिक्त समयमा ५–३ ले हराएको हो ।
अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे र यो नै निर्णायक सावित भयो । स्पेनले इंग्ल्यान्डलाई हराएर युरो २०२४ को उपाधि पनि जितेको थियो । यस्तै मेन्स यू–१९ को उपाधि विजेता स्पेन वुमेन्स विश्वकपको पनि च्याम्पियन हो ।
महिला बक्सिङमा भने इमाने खलिफले स्वर्ण जितेकी छिन् । अल्जेरियाकी खलिफले वेल्टरवेट समूहमा चीनकी याङ लिउलाई सजिलै हराइन् ।
प्रतियोगिताको १३ औं दिनको समाप्तिमा अमेरिका र चीनको समान ३३ स्वर्ण रहेको छ । अमेरिका ३९ रजत र ३९ नै कांस्य सहित शीर्ष स्थानमा छ । चीनको २७ रजत र २३ कांस्य रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।