काठमाडौं– बंगलादेशका अन्तरिम सरकारका प्रधान सल्लाहकारका रुपमा नियुक्त नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले शपथ लिएका छन्। यस अवसरमा पाकिस्तानका प्रधानमन्त्री शहबाव शरीफले उनलाई बधाई दिएका छन्।
उनले एक्समा लेखेका छन्, ‘पिपुल्स रिपब्लिग अफ बंगलादेशको सरकारका मुख्य सल्लाहकारका रुपमा शपथ लिनुभएका प्रोफेसर मोहम्मद युनुसलाई बधाई।’
शहबाज शरिफले अघि लेखेका छन्, ‘बंगलादेशको समृद्ध भविष्य निर्माणको दिशामा मार्गदर्शन गर्न उहाँलाई सफलता मिलोस्। यही कामना गर्दछु। आगामी दिनमा पाकिस्तान र बंगलादेशबीच आपसी सहयोग बढाउनका लागि उहाँसँग काम गर्नका लागि उत्सुक छु।’
बंगलादेशमा कैयौं हप्तादेखि चलिरहेको अशान्ति र राजनीतिक उथलपुथल पुथलको एक अध्याय ५ अगष्टमा अन्त्य भयो। जब तत्कालीन प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजनीनामा दिएर देश छाड्दै भारतमा शरण लिएकी छिन्।
विरोध प्रदर्शनको अगुवाई गर्ने विद्यार्थीले अन्तरिम सकारको प्रधान सल्लाहकारका लागि मोहम्मद युनुसको नाम प्रस्ताव गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।