विराटनगर- कोशी अस्पताल विराटनगरबाट फरार भएका एक जना कैदी बिहीबार पक्राउ परेका छन्। जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका कैदी अस्पतालबाट उपचारकै क्रममा साउन १७ गते फरार भएका थिए।
विराटनगर उपमहानगरपालिका–८ निवासी २४ वर्षीय मोहम्मद अहमदलाई जबरजस्ती करणी मुद्दाको कसुरमा जिल्ला अदालत मोरङले २०७९ साल फागुन २९ गते १२ वर्ष कैद र रु पाँच लाख जरिवना गरेको थियो।
फरार कैदीलाई खोजतलास गर्ने क्रममा मोरङको जहदा गाउँपालिका–१ तारेगामा स्थित नेपाल भारत सीमा नजिकबाट इलाका प्रहरी कार्यालय रानीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका कैदीमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।