पोखरा– बागलुङको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ।
पहिरोमा पुरिएर बडिगाड गाउँपालिका–९ र १० मा हालसम्म ८ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।
वडा नम्बर १० मा ६ जना र ९ मा २ जनाको मृत्यु भएको बरालले बताए। मृत्यु हुनेमा मालती बुढा, मधु बुढा, सन्जु बिकको ६ महिने छोरी, मनोज बुढा, मन बुढा, मैतीदेवी बिक, विधान परियार र गङ्गा बस्नेत छन्।
संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा घाइते भएको सहायक प्रजिअ बरालले बताए। थप दुइजना बेपत्ता रहेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।