काठमाडौं– पहिरोमा परेर गुल्मीमा चार जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्।
मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र दुई जना घाइते रहेका छन्।
वडाध्यक्ष विष्णुध्वज खातीका अनुसार माथिबाट आएको पहिरोले आज बिहान दुई घर पुरेको हो। चार जनाको मृत्यु भएको छ भने घाइते दुई जनालाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।
वडाध्यक्ष खातीका अनुसार हुकुम विक, गोरे विक, मसुरी विक र रियन्सा विकको पहिरोमा पुरिएर मृत्यु भएको छ भने विष्णु विक र मुना विकलाई उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ।
विष्णुको दाहिने खुट्टा र छाती तथा मुनाको बायाँ खुट्टामा चोट लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।