काठमाडौं– धादिङको गजुरीमा गुडिरहेको माइक्रोबसमाथि रूख ढलेको छ।
धादिङबाट काठमाडौं आउँदै गरेको बागमती १-००६च ६२१२ नम्बरको इभी गाडीमाथि गजुरी गाउँपालिका-५ पोखरेखोलाको जरेपुलनजिक रूख ढलेर बजारिएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार रूख ढलेर बसमा बजारिँदा ७/८ जना यात्रु घाइते भएका छन्।
घाइतेहरूलाई गजुरीकै विभिन्न अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।
रूख ढल्दा पृथ्वी राजमार्ग दुइतर्फी नै अवरूद्ध रहेको पनि डिएसपी मिश्रले जानकारी दिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।