एजेन्सी-इजरायल र हेजबुल्लाहबीच युद्ध र व्यापक क्षेत्रीय द्वन्द्वको डरबीच बेलायत सरकारले लेबनानमा रहेका आफ्ना नागरिकलाई तत्काल देश छोड्न आग्रह गरेको छ ।
बेलायती विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लेबनान छोड्न आफ्ना नागरिकलाई आग्रह गरेको हो । विदेशमन्त्री डेभिड ल्यामीले तनाव उच्च रहेको र स्थिति चाँडै बिग्रन सक्ने जनाएका छन् ।
'हामी लेबनानमा हाम्रो कन्सुलर उपस्थितिलाई बलियो बनाउन अहोरात्र काम गरिरहेका छौं, त्यहाँ रहेका बेलायती नागरिकहरूलाई मेरो सन्देश स्पष्ट छ अब लेबनान छोड्नुहोस्,' उनले भने ।
विदेश मन्त्रालयले उक्त क्षेत्रमा ‘सीमा बल, कन्सुलर अधिकारी र सैन्य कर्मीहरू’ तैनाथ गरेर बेलायतीहरूका लागि आफ्नो सहयोगलाई ‘मजबुत’ बनाइरहेको बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।