रोल्पा– लुम्बिनीको पहाडी जिल्ला रोल्पामा पहिरोले घर पुरिएर बेपत्ता दुई जनाको शव भेटिएको छ।
पहिरोले पुरिएर बेपत्ता भएका ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनारको शव फेला परेको हो।
शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो। पहिरो पन्छाउने क्रममा उनीहरुको शव फेला परेको रोल्पाका प्रहरी प्रमुख डीएसपी भरत लामाले बताए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घर माथिबाट पहिरो आएर घर पुरिएको हो। घरमा हजुरआमा र नातिनी रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।