• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ १६, २०८२ Fri, Jan 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्वास्थ्यमा ११औंलाई पन्छाउँदै १०औं तहकालाई प्रमुख बनाउने गलत अभ्यास [कहाँ-कहाँ छन्?]

विज्ञ भन्छन्- ११औं तहकालाई अपमानित नगरौं, कानुन र बढुवा प्रणालीको सम्मान गरौं
रिता लम्साल शनिबार, साउन १९, २०८१  ११:३५
1140x725

काठमाडौं- अस्पतालमा ११औं तहका वरिष्ठ चिकित्सक हुँदाहुँदै १०औं तहकालाई मेडिकल सुपरिटेन्डन्ट नियुक्त गर्ने क्रम बढेपछि राष्ट्रिय ट्रमा सेन्टरका ११औं तहका चिकित्सकहरुले दुई वर्षअघि प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए। 

११औं तहको दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा अपमानित भएको र सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहिन भएको भन्दै उनीहरुले दरबन्दी अनुसार ११औं तहका चिकित्सकलाई मेसु बनाउन पत्र बुझाएका थिए। 

'११औं तहको दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा हामीले आफू अपमानित भएको र सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहिन भएको महसुस गरेका छौं,' पत्रमा उल्लेख थियो।

उनीहरुको पत्रपछि स्वास्थ्य मन्त्रालयमा सबै अस्पतालमा दरबन्दी अनुसार ११औं तहकै निर्देशक तथा मेडिकल सुपरिटेन्डेन्ट बनाउने विषयमा छलफल भएको थियो। सचिव डा रोशन पोखरेलले अस्पताल तथा महाशाखाहरुमा दरबन्दी अनुसारकै निर्देशक पठाउन प्रयास पनि गरे।

तर छोटो समयमा नै मन्त्रीहरु परिवर्तन भइरहँदा सचिव डा पोखरेलले दरबन्दी अनुसार ११औं तहका कर्मचारीलाई निर्देशक तथा मेसु बनाउन चाहे पनि मन्त्रीहरुको दबाबमा विभिन्न अस्पताल तथा महाशाखामा १०औं तहका कर्मचारीले प्रमुखको जिम्मेवारी पाउँदै आइरहेका छन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पताल र कार्यालयहरुमध्ये अहिले पनि सात जना १०औं तहका र एक जना ९ औं तहका कर्मचारी प्रमुखका रुपमा काम गरिरहेका छन्। चितवनस्थित भरतपुर अस्पतालमा डा कृष्ण पौडेल, भेरी अस्पतालमा डा प्रकाश बहादुर थापा, वीर अस्पतालमा डा सन्तोष पौडेल, नारायणी अस्पताल डा मोहमद इकवाल अहमद, कोशी अस्पताल डा रविन राज सिंह, गजेन्द्र नारायण सिंह अस्पताल डा नागेन्द्र प्रसाद यादव र नरदेवी अस्पतालमा डा रामदेव यादव १० ‍औं तहका भए पनि प्रमुखको जिम्मेवारीमा छन्। यस्तै डडेल्धुरा अस्पताल डा सन्तोष गुप्ता ९औं तहका भएर पनि प्रमुखमा छन्।

वीरमा १२ औं र अरू अस्पतालमा ११औं तहको कर्मचारी प्रमुख हुने संरचना रहेको छ। सोही अनुसार दरबन्दी पनि रहेको छ। सबै संस्थामा ११औं तहका कर्मचारी पठाउन सकिने अवस्था रहेपनि राजनीतिक दबाबका आधारमा १०औं तहका प्रमुख भइरहेका छन्। डडेल्धुरा अस्पतालमा भने ११औं तहका चिकित्सक सेवा गर्न जान नमान्ने हुँदा समस्या भइरहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन्।

स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा किरण रेग्मी दरबन्दी र सेवा समूह अनुसार नै जिम्मेवारी दिनुपर्ने बताउँछिन्। 'हाम्रो पालामा पनि राजनीतिक पावरको आधारमा गरिएको पाइन्थ्यो। त्यसले असर त पर्छ। मुख्यकुरा राजनीतिक पनि हो। राजनीतिक पावरमा आफूलाई पायक परेको ठाउँमा ११ औं तहलाई फालेर १० औं तहको प्रमुख भएका छन्। यो गलत अभ्यास हो,' उनले भनिन्।

Ncell 2
Ncell 2

उनले यस्तो गलत अभ्यासलाई निरन्तरता दिन नहुने भन्दै अबको नेतृत्वले यस्तो कार्यलाई रोक्नुपर्नेमा जोड दिइन्। 'यो गलत अभ्यासलाई निरन्तरता दिनु हुँदैन। जुन तहको दरबन्दी हुन्छ, त्यही तहको प्रमुख हुनुपर्छ। यस्तो भएन भने त्यहाँ काम गर्ने चिकित्कस, कर्मचारीमा नैराश्यता जाग्छ, आफूभन्दा तल्लो तहको कर्मचारीको अन्डरमा बसेर काम गर्न कसलाई मजा आउँछ र आउँदैन नि,' उनले भनिन्।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल पनि दरबन्दी र सेवा समूह अनुसार नै जनशक्तिको व्यवस्थापन र उपयोग हुनुपर्नेमा जोड दिन्छन्। 

'जनशक्तिलाई गुणात्मक रुपमा व्यवस्थापन गर्नका लागि तीन वटा कुरा जरुरी हुन्छ। पहिलो कुरा भनेको जनशक्ति प्राप्ति नै हो। त्यो लोकसेवा वा विकास समिति वा अन्य प्रक्रियाबाट लिने कुरा हो। दोस्रो कुरा भनेको उक्त जनशक्तिलाई तालिम दिने विषय हो। त्यसपछि अर्को भनेको उक्त जनशक्तिको उचित उपयोग गर्ने हो,' उनले भने, 'तर स्वास्थ्यमा त्यस्तो गरेको देखिँदैन। जसका कारण काममा असर पर्छ। स्वास्थ्यमा गुणात्मक नतिजा ल्याउने र सुधार ल्याउने हो भने जनशक्तिको उचित व्यवस्थापन र उपयोग नै हुनुपर्छ।'

डा प्याकुरेलले पनि दरबन्दी संरचना अनुसार जुन तहको दरबन्दीको व्यवस्था गरिएको हुन्छ त्यही तहको जनशक्तिलाई प्रमुख बनाउनु पर्नेमा जोड दिन्छन्। 'विकल्प नै नभएको अवस्थामा १०औं तहलाई दिने कुरा हुन्छ। तर पर्याप्त जनशक्ति हुँदाहुँदै दरबन्दी र सेवा समूह नै नमिलाई जिम्मेवारी दिनु भनेको गलत कुरा हो।' उनले उक्त गलत अभ्यासको सुरुवात तत्कालिन स्वास्थ्यमन्त्री राजेन्द्र महतोको पालाबाट सूरु भएको जानकारी दिए।

स्वास्थ्य मन्त्रालयबाट नै सेवा निवृत्त भएका विज्ञ डा बाबुराम मरासिनी पनि कानुन अनुसार नै ११औं तहलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिन्छन्। उनी ११औं तहका कर्मचारी हुँदाहुँदै उनीहरुलाई पन्छाएर १०औं तहकालाई जिम्मेवारी दिँदा वरिष्ठ कर्मचारीहरु निरुत्साहित हुनुका साथै उनीहरुको अपमान हुने बताउँछन्।

'१०औं तहका लाई प्रमुख बनाउने कुरा एकदमै गलत अभ्यास हो। कानुमा जे छ त्यही गर्नुपर्छ। १० औं तहकालाई प्रमुख मेसु वा निर्देशकको जिम्मेवारी दिँदा ११ औं तहकाको मोटिभेसन हुँदैन। उनीहरुलाई काम गर्ने जाँगर आउँदैन,' उनले भने, 'आफूभन्दा तल्लो तहका कर्मचारी मेसु वा निर्देशक भएपछि सम्मान, आत्मसम्मान र काममा नै असर पर्छ। यसमा विवाद आउँछ। जसले गर्दा अस्पतालको सेवा प्रवाहमा पनि असर पर्छ।'

उनी स्वास्थ्यमा सिनियर जुनियरको धेरै कुरा हुने भन्दै तल्लो तहको निर्देशक वा मेसु भएमा माथिल्लो तहका चिकित्सकले निर्णय कार्यान्वयन नगर्ने समस्या आउने पनि बताउँछन्। 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री
सम्बन्धित सामग्री
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरमा थुप्रिएको हिउँ पन्छ्याएको हो । शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री गृहमन्त्री आर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्... शुक्रबार, माघ १६, २०८२
बालेनको प्रचारमा गएका पत्रकार सिटौला अचानक ढलेपछि सेनाको जहाजमा काठमाडौं ल्याइँदै बालेनको टिम अछामको मंगलसेन जाँदै गर्दा बाटोमा चिया खान आज बिहान ९:३० बजेतिर गाडी रोकिएको थियो । गाडीबाट ओर्लिन लाग्दा अचानक बेहोस भए... शुक्रबार, माघ १६, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्