• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

स्वास्थ्यमा ११औंलाई पन्छाउँदै १०औं तहकालाई प्रमुख बनाउने गलत अभ्यास [कहाँ-कहाँ छन्?]

विज्ञ भन्छन्- ११औं तहकालाई अपमानित नगरौं, कानुन र बढुवा प्रणालीको सम्मान गरौं
रिता लम्साल शनिबार, साउन १९, २०८१  ११:३५
1140x725

काठमाडौं- अस्पतालमा ११औं तहका वरिष्ठ चिकित्सक हुँदाहुँदै १०औं तहकालाई मेडिकल सुपरिटेन्डन्ट नियुक्त गर्ने क्रम बढेपछि राष्ट्रिय ट्रमा सेन्टरका ११औं तहका चिकित्सकहरुले दुई वर्षअघि प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र स्वास्थ्य सचिवलाई सामुहिक रुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए। 

११औं तहको दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा अपमानित भएको र सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहिन भएको भन्दै उनीहरुले दरबन्दी अनुसार ११औं तहका चिकित्सकलाई मेसु बनाउन पत्र बुझाएका थिए। 

'११औं तहको दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा हामीले आफू अपमानित भएको र सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहिन भएको महसुस गरेका छौं,' पत्रमा उल्लेख थियो।

उनीहरुको पत्रपछि स्वास्थ्य मन्त्रालयमा सबै अस्पतालमा दरबन्दी अनुसार ११औं तहकै निर्देशक तथा मेडिकल सुपरिटेन्डेन्ट बनाउने विषयमा छलफल भएको थियो। सचिव डा रोशन पोखरेलले अस्पताल तथा महाशाखाहरुमा दरबन्दी अनुसारकै निर्देशक पठाउन प्रयास पनि गरे।

तर छोटो समयमा नै मन्त्रीहरु परिवर्तन भइरहँदा सचिव डा पोखरेलले दरबन्दी अनुसार ११औं तहका कर्मचारीलाई निर्देशक तथा मेसु बनाउन चाहे पनि मन्त्रीहरुको दबाबमा विभिन्न अस्पताल तथा महाशाखामा १०औं तहका कर्मचारीले प्रमुखको जिम्मेवारी पाउँदै आइरहेका छन्।

स्वास्थ्य मन्त्रालय अन्तर्गतका अस्पताल र कार्यालयहरुमध्ये अहिले पनि सात जना १०औं तहका र एक जना ९ औं तहका कर्मचारी प्रमुखका रुपमा काम गरिरहेका छन्। चितवनस्थित भरतपुर अस्पतालमा डा कृष्ण पौडेल, भेरी अस्पतालमा डा प्रकाश बहादुर थापा, वीर अस्पतालमा डा सन्तोष पौडेल, नारायणी अस्पताल डा मोहमद इकवाल अहमद, कोशी अस्पताल डा रविन राज सिंह, गजेन्द्र नारायण सिंह अस्पताल डा नागेन्द्र प्रसाद यादव र नरदेवी अस्पतालमा डा रामदेव यादव १० ‍औं तहका भए पनि प्रमुखको जिम्मेवारीमा छन्। यस्तै डडेल्धुरा अस्पताल डा सन्तोष गुप्ता ९औं तहका भएर पनि प्रमुखमा छन्।

वीरमा १२ औं र अरू अस्पतालमा ११औं तहको कर्मचारी प्रमुख हुने संरचना रहेको छ। सोही अनुसार दरबन्दी पनि रहेको छ। सबै संस्थामा ११औं तहका कर्मचारी पठाउन सकिने अवस्था रहेपनि राजनीतिक दबाबका आधारमा १०औं तहका प्रमुख भइरहेका छन्। डडेल्धुरा अस्पतालमा भने ११औं तहका चिकित्सक सेवा गर्न जान नमान्ने हुँदा समस्या भइरहेको मन्त्रालयका कर्मचारीहरु बताउँछन्।

स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव डा किरण रेग्मी दरबन्दी र सेवा समूह अनुसार नै जिम्मेवारी दिनुपर्ने बताउँछिन्। 'हाम्रो पालामा पनि राजनीतिक पावरको आधारमा गरिएको पाइन्थ्यो। त्यसले असर त पर्छ। मुख्यकुरा राजनीतिक पनि हो। राजनीतिक पावरमा आफूलाई पायक परेको ठाउँमा ११ औं तहलाई फालेर १० औं तहको प्रमुख भएका छन्। यो गलत अभ्यास हो,' उनले भनिन्।

Ncell 2
Ncell 2
nimb
nimb

उनले यस्तो गलत अभ्यासलाई निरन्तरता दिन नहुने भन्दै अबको नेतृत्वले यस्तो कार्यलाई रोक्नुपर्नेमा जोड दिइन्। 'यो गलत अभ्यासलाई निरन्तरता दिनु हुँदैन। जुन तहको दरबन्दी हुन्छ, त्यही तहको प्रमुख हुनुपर्छ। यस्तो भएन भने त्यहाँ काम गर्ने चिकित्कस, कर्मचारीमा नैराश्यता जाग्छ, आफूभन्दा तल्लो तहको कर्मचारीको अन्डरमा बसेर काम गर्न कसलाई मजा आउँछ र आउँदैन नि,' उनले भनिन्।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल पनि दरबन्दी र सेवा समूह अनुसार नै जनशक्तिको व्यवस्थापन र उपयोग हुनुपर्नेमा जोड दिन्छन्। 

'जनशक्तिलाई गुणात्मक रुपमा व्यवस्थापन गर्नका लागि तीन वटा कुरा जरुरी हुन्छ। पहिलो कुरा भनेको जनशक्ति प्राप्ति नै हो। त्यो लोकसेवा वा विकास समिति वा अन्य प्रक्रियाबाट लिने कुरा हो। दोस्रो कुरा भनेको उक्त जनशक्तिलाई तालिम दिने विषय हो। त्यसपछि अर्को भनेको उक्त जनशक्तिको उचित उपयोग गर्ने हो,' उनले भने, 'तर स्वास्थ्यमा त्यस्तो गरेको देखिँदैन। जसका कारण काममा असर पर्छ। स्वास्थ्यमा गुणात्मक नतिजा ल्याउने र सुधार ल्याउने हो भने जनशक्तिको उचित व्यवस्थापन र उपयोग नै हुनुपर्छ।'

डा प्याकुरेलले पनि दरबन्दी संरचना अनुसार जुन तहको दरबन्दीको व्यवस्था गरिएको हुन्छ त्यही तहको जनशक्तिलाई प्रमुख बनाउनु पर्नेमा जोड दिन्छन्। 'विकल्प नै नभएको अवस्थामा १०औं तहलाई दिने कुरा हुन्छ। तर पर्याप्त जनशक्ति हुँदाहुँदै दरबन्दी र सेवा समूह नै नमिलाई जिम्मेवारी दिनु भनेको गलत कुरा हो।' उनले उक्त गलत अभ्यासको सुरुवात तत्कालिन स्वास्थ्यमन्त्री राजेन्द्र महतोको पालाबाट सूरु भएको जानकारी दिए।

Xtrem

Xtrem

स्वास्थ्य मन्त्रालयबाट नै सेवा निवृत्त भएका विज्ञ डा बाबुराम मरासिनी पनि कानुन अनुसार नै ११औं तहलाई जिम्मेवारी दिनुपर्नेमा जोड दिन्छन्। उनी ११औं तहका कर्मचारी हुँदाहुँदै उनीहरुलाई पन्छाएर १०औं तहकालाई जिम्मेवारी दिँदा वरिष्ठ कर्मचारीहरु निरुत्साहित हुनुका साथै उनीहरुको अपमान हुने बताउँछन्।

'१०औं तहका लाई प्रमुख बनाउने कुरा एकदमै गलत अभ्यास हो। कानुमा जे छ त्यही गर्नुपर्छ। १० औं तहकालाई प्रमुख मेसु वा निर्देशकको जिम्मेवारी दिँदा ११ औं तहकाको मोटिभेसन हुँदैन। उनीहरुलाई काम गर्ने जाँगर आउँदैन,' उनले भने, 'आफूभन्दा तल्लो तहका कर्मचारी मेसु वा निर्देशक भएपछि सम्मान, आत्मसम्मान र काममा नै असर पर्छ। यसमा विवाद आउँछ। जसले गर्दा अस्पतालको सेवा प्रवाहमा पनि असर पर्छ।'

उनी स्वास्थ्यमा सिनियर जुनियरको धेरै कुरा हुने भन्दै तल्लो तहको निर्देशक वा मेसु भएमा माथिल्लो तहका चिकित्सकले निर्णय कार्यान्वयन नगर्ने समस्या आउने पनि बताउँछन्। 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ११:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय लोकसेवा आयोगले दिएको परामर्श वेवास्ता गर्दै सरकारले विधेयक संसदमा लान लागेको हो । मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति उनीहरूले असोज १० गते मध्यरातमा राणालाई निवासबाट पक्राउ गरी असोज ११ गते दिनभर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा राखेर... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्