काठमाडौं– आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्ला(काठमाडौं भक्तपुर र ललितपुर)मा सार्वजनिक बिदा दिएको हो।
यसदिन राष्ट्रपतिको उपस्थितिमा गुठी संस्थानको प्रतिनिधिले रथको चारै दिशामा भोटो देखाउने गरिन्छ। मच्छिन्द्रनाथ रथ ललितपुरको जाउलाखेलमा पुर्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।