• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मापदण्ड पूरा नगरेर बन्द भएका ६३ नर्सिङ कलेजको चलखेल असफल, 'ब्याक' भयो शिक्षा समिति

64x64
नेपाल लाइभ शुक्रबार, साउन १८, २०८१  ११:३४
1140x725

काठमाडौं-  चिकित्सा शिक्षा ऐने २०७५ अनुसार मापदण्ड पूरा गर्न नसकेर बन्द भएका ६३ नर्सिङ कलेजको चलखेल असफल भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सरकारमाथि दबाब सिर्जना गर्न उनीहरुले गरेको कसरत बिहिबार बसेको समितिको बैठकले असफल तुल्याइदिएको छ। 

मापदण्ड नपुगेका कलेजलाई भर्नाका लागि 'सहजीकरण' गर्न यसअघि समितिले सरकारलाई दिएको निर्देशन समेत 'उल्टिएको' छ। चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड पूरा गरेका २२ कलेज मात्रै सम्बन्धनका लागि योग्य भएका छन्। भनिएको छ, ' प्रावधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको बैठक तत्काल राखी सम्बन्धनका लागि चिकित्सा शिक्षा ऐन २०७५ र सो सम्बन्धी नियमावली बमोजिम आवश्यक मापदण्ड, शर्त र प्रक्रिया पुरा गरेका संस्थाहरुलाई आयोग समक्ष पेश गरी सम्बन्धन स्वीकृति गरी यसै शैक्षिक सत्रभित्र भर्ना प्रक्रिया प्रारम्भ गर्ने।'

यसअघि २०८० माघ २ गते तत्कालीन  समिति सभापति भानुभक्त जोशीले मापदण्ड नपुगेका ती मेडिकल कलेजका पक्षमा हुनेगरी शिक्षा मन्त्रालयका नाममा निर्देशन दिएका थिए। 

मानव स्वास्थ्य उपचारमा प्रत्यक्ष संलग्न रहने नर्सिङ क्षेत्रको गुणस्तर कायम राख्नका लागि आफ्नै १०० बेडको अस्पताल हुनुपर्ने चिकित्सा शिक्षा ऐनको प्रावधान छ। जसका लागि दुई वर्षको समयसीमा दिइएको थियो। समयसीमा २०७७ मै सकिएको छ। 

मापदण्ड पूरा गर्न नसकेका कलेजहरुले कोभिडलाई बहाना बनाएर नर्सिङ कार्यक्रम सञ्चालन हुनुपर्ने विषयमा लबिङ गर्दै आएका थिए। उनीहरुले संघर्ष समिति नै बनाएर 'समितिलाई प्रभावमा' लिएर सरकारलाई बाध्य पार्ने बाटो रोजेका थिए। 

प्रभावमा केही सांसद
तत्कालीन समिति  सभापति जोशीले 'आफ्नो मेडिकल कलेज नभएकाहरुले नजिकैको सरकारी, गैरसरकारी र निजी कलेजसँग सम्झौता गरी कार्यक्रम सञ्चालन गर्न' दिने व्यवस्था गर्ने निर्देशन समेत दिएका थिए। 

'मेडिकल, डेण्टलतर्फ कार्यक्रमहरु पूर्ववत् सुचारु रहनु तर नसिङतर्फ भर्ना अवरुद्ध हुनु पनि अव्यववहारिक देखिएकाले यथावत् भर्ना लिई कक्षा सञ्चालन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत सीटीइभीटीलाई निर्देशन गर्ने,’ शिक्षा मन्त्रालयलाई पठाइएको निर्देशन पत्रमा भनिएको थियो।

आफ्नै अस्पताल नभएका नर्सिङ कलेजहरुबाट पढेका विद्यार्थीको नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षमा उत्तीर्ण दर कमजोर देखिएको थियो। त्यसैलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजको आफ्नै अस्पताल हुनुपर्ने निर्णय गरेको थियो। मन्त्रालयको उक्त निर्णयलाई कलेज सञ्चालकहरुले अटेरी गरेका थिए। सोही प्रावधान चिकित्सा शिक्षा ऐन, २०७५ मा समेटिएपछि भने आफ्नै अस्पताल नबनाएका सञ्चालकहरु कार्यक्रम बन्द गर्न बाध्य भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

बन्द भएका मेडिकल कलेजहरुले समितिमा निवेदेन दिएका थिए। समितिले माओवादी सांसद तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलको संयोजकत्वमा सीटीईभीटीको सम्बन्धन तथा गुणस्तर सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको थियो। उपसमितिमा कांग्रेस सांसद बद्री पाण्डे, एमालेका सांसद दिपा शर्मा, प्रभु हजरा, रास्वपाकी डा तोसिमा कार्की, राप्रपाकी बिना जैसवाल, जसपाका दिपक कार्की सदस्य थिए। तीमध्ये डा कार्कीले फरक मत राखेकी थिइन्।

अस्पताल सञ्चालकहरुले कोभिड- १९ का कारण अस्पताल सञ्चालन गर्न नसकेको उपसमितिलाई बताएको देखिन्छ। जसलाई शिक्षा समितिले पाँच वर्षलाई शून्य समय मानेर थप दुई वर्ष दिन निर्देशन दिएको थियो। 'कोभिङ–१९ को बन्दाबन्दीको समयलाई सुन्य समय मानी आफ्नै १०० शैयाको अस्पताल बनाउन ७ वर्षको (२०७५ देखी ५ वर्ष भुक्तान भैसकेकोले थप २ वर्ष मात्र) को समय दिई नर्सिङ कार्यक्रम सञ्चालन गर्ने,' निर्देशनमा भनिएको थियो। 

समितिले दिएको उक्त निर्देशनलाई शिक्षा मन्त्रालय सम्बन्धित कार्यालयमा पठाएको थियो। तर, चिकित्सा शिक्षा आयोगले ऐनअनुसार मादपदण्ड पूरा गर्नुपर्नेमा दृढता कायम राखेको थियो। 

आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले बिहिबार पनि सोही विषयमा जोड दिए। केही सांसदहरुले भने 'ऐन संशोधन गर्दै गर्ने' तर अहिलेलाई सम्बोधन दिएर अघि बढ्नुपर्ने तर्क गरिरहेका थिए। त्यस्तो तर्क गर्नेमा एक एमाले सांसद दिप शर्मा थिइन्। उनी समेत रहेको समितिले मापदण्ड पूरा नभएका कलेजको पक्षमा हुनेगरी प्रतिवेदन दिएको थियो।

Xtrem

Xtrem

समितिका वर्तमान सभापति अम्मरबहादु थापाले 'पढ्न नपाइने भयो भनेर धेरैले गुनासो गरेको र मापदण्ड पूरा गरेकाहरुले पनि सम्बन्धन नपाएको भन्दै निवेदन दिएकाले' फेरि छलफल गरेको बताएका थिए। तर, अधिकांस सांसद्हरुले ऐनअनुसार नै समितिको निर्णय हुनुपर्ने बताएपछि कलेजहरुले गरेको चलेखेल असफल सिद्ध भएको हो।

कोभिड बहाना मात्रै
मापदण्ड पूरा गर्न नसकेका कलेजहरुले कोभिडलाई बहाना बनाएर नर्सिङ कार्यक्रम सञ्चालन हुनुपर्ने विषयमा लबिङ गर्दै आएका थिए। बन्द भएका यी कलेजले कोभिड महामारीभन्दा धेरै वर्ष पहिले नै आफ्नो अस्पताल बनाइसक्नु पर्ने थियो। २०६७ सालमा कलेजहरुलाई पाँच वर्षको समय दिँदै अस्पताल बनाउन भनिएको थियो। त्यस आधारमा हेर्दा कलेजहरुले २०७२ सालमा नै आफ्नै अस्पताल बनाइसक्नु पर्ने थियो। तर कलेजहरुले अटेर गर्दै आए। त्यसपछि चिकित्सा शिक्षा ऐन २०७५ आयो। ऐनले थप दुई वर्षको समय दियो। तर कलेजहरुले यो अवधिमा पनि अस्पताल बनाउन चासो दिएनन्। उनीहरुले यसमा पनि अटेर गर्दै बसे। चिकित्सा शिक्षा ऐन आएपछि बनेको चिकित्सा शिक्षा आयोगले अस्पताल नभएका कलेजलाई स्विकृति दिन नमानेपछि कलेजहरु बन्द भएका हुन्।

अस्पताल सञ्चालकहरुले कोभिड- १९ का कारण अस्पताल सञ्चालन गर्न नसकेको सांसदहरुलाई बताएको देखिन्छ। 'कोभिङ–१९ को बन्दाबन्दीको समयलाई सुन्य समय मानी आफ्नै १०० शैयाको अस्पताल बनाउन ७ वर्षको (२०७५ देखी ५ वर्ष भुक्तान भैसकेकोले थप २ वर्ष मात्र) को समय दिई नर्सिङ कार्यक्रम सञ्चालन गर्ने,' यसअघि सितिको निर्देशनमा भनिएको थियो। 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट
सम्बन्धित सामग्री
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगालागीका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने अब नेपाली सेनाले देशका ३२ वटा जिल्लामा रहेका आफ्ना ब्यारेकहरूका लागि डीडीसीबाटै नियमित दूध किन्नेछ । बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै बुधबार, असोज २१, २०८३
कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने बुधबार, असोज २१, २०८३
बिर्तामोडमा भीषण आगलागी, पाँच घर जलेर नष्ट बुधबार, असोज २१, २०८३
क्रिकेटको नयाँ गन्तव्य बन्दै जुम्ला, २४ सय मिटर उचाइमा पहिलो ‘हाई अल्टिच्युड’ प्रतियोगिता बुधबार, असोज २१, २०८३
नेपाली सेनाले डीडीसीबाट दैनिक १० हजार लिटर दूध किन्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्