एजेन्सी-प्यालेस्टिनी लडाकू समूह हमासले आफ्ना नेता इस्माइल हानियाको अन्त्येष्टिमा शुक्रबार कतारमा ‘उग्र क्रोध दिवसको’ आह्वान गरेको छ ।
हमासले विज्ञप्तिमार्फत् शुक्रबार नमाजपछि प्रत्येक मस्जिदबाट क्रोध मार्च सुरु गर्ने जनाएको हो ।
हमासको राजनीतिक नेतृत्वका अन्य सदस्यहरूसँगै कतारमा निर्वासनमा रहेका हानियाको बुधबार तेहरान उनकै निवासमा हत्या गरिएको थियो । उनको बिहीबार तेहरानमा प्रार्थना सभा गरिएकोमा शुक्रबार कतारमा अन्त्येष्टि गरिने भएको हो ।
उक्त आक्रमणले व्यापक क्षेत्रीय द्वन्द्वको डर उत्पन्न गरेको छ । हमासले वेस्ट ब्यांकका नागरिकलाई प्यालेस्टिनीहरूका लागि आफ्नो समर्थन देखाउन तथा इजरायली कब्जाका योजनाहरूको सामना गर्न’ आह्वान गरेको छ ।
हानियाको हत्यापछि अम्मानमा विरोध प्रदर्शन भएको थियो । त्यहाँ हजारौँ जोर्डनबासी बुधबार इजरायली दूतावासबाहिर भेला भएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।