काठमाडौं- बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ ।
गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकाका तीन जिल्लामा विभिन्न नदी तथा खोलाहरूमा बाढी आएको छ । बागमती, हनुमन्ते, गोदावरी, मनोहरा खोलामा आएको बाढीले नदी आसपासका सडक अवरुद्ध भएको छ भने किनारका बस्तीमा पानी पसेको छ ।
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले जगाती, सल्लाघारी बाराहीस्थानका सयौं घर डुवानमा परेका छन् । खोला आसपासमा रहेका तीन वटा स्कूलका साथै दुई अस्पतालमा पनि डुबानमा परेको छ ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्याल्य, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ । यस्तै सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको रााम मन्दिर क्षेत्रमा पनि बाढी पसेको छ ।
इमाडोलको किस्ट अस्पताल आसपास, शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ । काठमाडौंको बाफल क्षेत्रमा पनि डुबान भएको छ । बाफलस्थित ज्ञानोदय स्कुलभित्र भल पसेपछि आज बिदा दिइएको छ ।
पछिल्लो १२ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भारी वर्षा मापन भएको छ । काठमाडौं उपत्यकासहित मधेश, बागमती र लुम्बिनीमा भारी वर्षाको हो । देशभर मनसुन सक्रिय रहेकाले मधेशबाहेक अरु प्रदेशमा आज पनि धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।