काठमाडौं–रातभर परेको भारी वर्षाका कारण काठमाडौं उपत्यकाका तटीय वस्ती डुबानमा परेका छन् ।
काठमाडौंको बागमती करिडोर ठाउँ ठाउँमा अवरुद्ध भएको छ भने थापाथली र बल्खु किनारका वस्ती डुबानमा परेका छन् ।
यस्तै, भक्तपुरको सल्लाघारी, जगाती, बाराहीस्थानमा पनि दर्जनौं घर डुबानमा परेका छन् । इबामुरा अस्पतालमा बाढी पसेर सेवा नै प्रभावित भएको छ भने विद्यालयहरु पनि डुबानमा परेका छन् ।
मौसम विज्ञान विभागका अनुसार काठमाडौंको धाप ड्याममा सबैभन्दा धेरै १०७ मिलिमिटर वर्षा भएको छ भने बुढानीलकण्ठमा ९०।४ मिलिमिटर रेकर्ड भएको छ । विभागले बिहानै नागरिकहरुलाई एसएमएस पठाएर नदी तथा खोलाहरु सतकर्ता तहनजिक पुगेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।