जनकपुरधाम- पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ परेका दुई जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ।
रायको घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र रायलाई प्रहरीले सार्वजनिक गरेको हो।
उनीहरूले पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ। दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
साउन ७ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।