सुर्खेत-दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
आइतबारदेखिको अविरल वर्षाका कारण गएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएसँगै सुर्खेतबाट माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेततर्फ आउँदै गरेका सवारी साधन अलपत्र छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।