काठमाडौं– पैसा चोर्न एटीएम फुटाउँदै गरेका एक युवक पक्राउ परेका छन्।
आइतबार दिउँसो पौने ३ बजे बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको सूचना पाएर पुगेको प्रहरी टोलीले ती युवकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा रौतहट घर भई कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठा छन्।
उनको साथबाट फलामको रड समेत बरामद गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।