काठमाडौं-पहिरोका कारण हेटौँडा-काठमाडौँ जोड्ने सडक अवरुद्ध भएका छन् ।
अविरल वर्षाका कारण कान्ति लोकपथ सडक खण्डको ६ स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भिमफेदी ८ कालो पहिरो, बकैया–१२ माने घुम्ती, ठिंगन बजार, चौताराभिर, बकैया–११ आले गाँउ, खोरभन्ज्याङ स्थित सडकमा माथिबाट पहिरो खस्दा बाटो पूर्णरुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको र बाटो सञ्चालनमा ल्याउन ३ घण्टा समय लाग्ने प्रहरीले जनाएको छ ।
त्यस्तै पहिरोका कारण भैँसे-भिमफेदी काठमाडौँ सडक खण्ड अवरुद्ध भएको छ । गए राति भिमफेदीको रातोमाटेमा माथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरोध भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।