एजेन्सी-गाजाको फिल्ड अस्पताल रहेको विद्यालयमा इजरायली आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
हमासनियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले उक्त आक्रमणमा १ सय जनाभन्दा बढी घाइते भएको जनाएको छ। इजरायली सेनाले उक्त विद्यालयबाट सञ्चालित हमास आतङ्कवादीलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ।
गाजाको नागरिक प्रतिरक्षा निकायले उक्त विद्यालयमा करिब चार हजार विस्थापित मानिसहरू बसिरहेको बताएको छ । खादिजा विद्यालयभित्रको नियन्त्रण केन्द्रमा हमास लडाकू सक्रिय रहेको गुप्तचर अधिकारीको गोप्य सूचनाका आधारमा आक्रमण गरिएको इजरायली सेनाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।