काभ्रे-काभ्रेको अरनिको राजमार्गस्थित धुलिखेल नगरपालिका-३ बाँसघारीमा टिप्परले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
गए राति १० बजे धुलिखेल नगरपालिका -३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बा.प्र. ०१-००४ क ०१३० नम्बरको मिनि टिप्परले पैदल यात्री लालबहादुर तामाङलाई ठक्कर दिएको हो ।
घाइते लालबहादुरको धुलिखेल अस्पताल मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ। श्रेष्ठका अनुसार सवारी साधन मिनि ट्रिप्पर र चालक महाभारत गाउँपालिका-४ बस्ने ३१ वर्षीयको पदम लामा जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।