काठमाडौं-लोकगायक एलपी जोशीको निधन भएको छ । ८८ वर्षीय गायक जोशीको बिर्तामोडस्थित अस्पताल लैजाँदै गर्दा बिहीबार झापामा निधन भएको हो ।
बिहीबार साँझ खाना खाएपछि अकस्मात् बेहोस भएका जोशीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
गायक जोशीका रिटिङ रिटिङ नबजाउ बिनायो, कान्छी मट्याङमट्याङ् र खिपीमा खिपी बिनायो बाजाजस्ता गीतहरू चर्चित छन् । जोशीको शुक्रबार ११ बजे झापाको कन्काई माईमा दाहसंस्कार गरिने जनाइएको छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।