काठमाडौं-नेपाल प्रहरीले पछिल्लो तीन महिनामा सम्पर्कविहीन भएका २९ कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।
विभिन्न तहका २९ कर्मचारी आफूखुसी गैरहाजिर भएको र सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
गैरहाजिर हुनेहरूमा कार्यालय सहयोगीदेखि नायव निरीक्षक (सई)सम्मका कर्मचारी रहेको प्रधान कार्यालयको सूचनामा उल्लेख छ । उनीहरू २०८० चैत तथा २०८१ वैशाख र जेठदेखि सम्पर्कविहीन भएका हुन् ।
सात दिनभित्र उपस्थित नभए सेवाबाटै हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।