एजेन्सी–अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो पार्टी र देशको एकताका लागि राष्ट्रपतीय निर्वाचनबाट पछि हटेको बताएका छन् ।
ओभल अफिसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अबको समय नयाँ पुस्ताको रहेको बताए । अब व्यक्तिगत आकांक्षाले लोकतन्त्र बचाउन नसक्ने उनको भनाइ छ।
बाइडनको सम्बोधनको डेमोक्रेट्स सांसदहरुले प्रशंसा गरेका छन् । उनको सम्बोधन भइरहँदा प्रशंसकहरु ह्वाइटहाउसबाहिर अश्रुपूर्ण रुपमा धन्यवाद दिइरहेका थिए ।
बाइडनले गत आइतबार नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनबाट पछि हट्ने घोषणा गरेका िथए । उनले राष्ट्रपतिमा कमला ह्यारिसलाई समर्थन गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।