काठमाडौं– दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पुनः ‘पसिना’ आएको छ। भीमसेनको मूर्तिमा बुधबार दिउँसो साढे दुई घण्टा पसिना आएको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी युवराज खड्काका अनुसार दिउँसो १२ बजेर ४५ मिनेट जाँदादेखि दिउँसो ३ बजेर १३ मिनेट जाँदासम्म शिलामा पसिना आएको हो।
‘पसिना’ पछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ। यसअघि शनिबारसमेत शिलामा पसिना आएको थियो। भीमसेनको शिलामा ‘पसिना’ आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टसहित सबै प्रकारका बाजा बजाइन्छ। शिलामा पसिना आउनुलाई राम्रो मानिदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।