काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनामा एक यमनका नागरिकको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा अरिफ रेडा रहेको खुलेको छ । रेडा सौर्य एयरमा कर्मचारीको रूपमा काम गर्दै आएका थिए।
सौर्य एयरका डेपुटी जनरल मेनेजर उमेश आचार्यका अनुसार यमन नागरिक रेडासहित अन्य १७ जना प्राविधिक कर्मचारी विमानमा सवार थिए। उनीहरू पोखराका लागि उडानमा थिए।
दुईजना चालकदलका सदस्य रहेको कम्पनीले जनाएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार १८ जनाको शव संकलन गरिएको छ। एकजनाको जीवितै उद्धार गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।