काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो। आयोगको टोलीले इञ्जिनियर हुसैनलाई एक लाख घुससहित पक्राउ गरेको हो।
आयोगले आरोपी हुसैन विरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।