काठमाडौं-रातभरको वर्षाका कारण बागमतीसहित काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको बहाव बढेपछि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
उपत्यकाका बागमती, विष्णुमती तथा धोबीखोलालगायत नदीमा पानीको सतहले खतराको तह पार गरेको हो । छ ।
जल तथा मौसम विज्ञान विभागले अझै वर्षाको सम्भावना रहेकोले नदीहरूमा पानीको बहाव थप बढ्न सक्ने जनाएको छ ।
त्यस्तै सिन्धुपाल्चोकको भोटाङ, मानेखर्क, बौनेपाटी, मेलम्ची घ्याङ, तार्के घाङ दुवाचौर आसपासमा पनि वर्षा भइरहेकाले मेलम्ची, इन्द्रावती, बलेफी लगायत नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।