काठमाडौँ-बङ्गलादेशबाट सोमबारसम्म १३ सय नेपाली विद्यार्थी फर्किएका छन्।
परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत् हालसम्म १३ सय विद्यार्थी स्वदेश फर्किएको जनाएको हो । मन्त्रालयले सबै नेपाली विद्यार्थी सुरक्षित रहेको र उनीहरुको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको जनाएको हो।
बंगलादेशमा करिब ३ हजार नेपाली विद्यार्थी विभिन्न तहमा चिकित्सा, इन्जिनियरिङलगायतका विधा अध्ययन गरिरहेका छन् । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका विभिन्न मुलकका विद्यार्थी स्वदेश फर्किएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।