जाजरकोट- जाजरकोटका एक जना बालक खोलाले बगाएर बेपत्ता भएका छन्। जाजरकोटको बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बगाएर बेपत्ता भएका हुन्।
बिहीबार दिउँसो ३ बजेतिर गाई-बस्तु चराउन गएको बेला स्याली खोलाले उनलाई बगाएको जाजरकोट प्रहरीले जनाएको छ।
बेपत्ता रहेका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।