• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मनसुनजन्य स्वास्थ्य समस्यामा कस्तो छ सरकारको तयारी ?

लक्ष्मी चौलागाईं बिहीबार, साउन ३, २०८१  ०८:०१
1140x725

काठमाडौं- मनसुनको सुरुवातसँगै स्वास्थ्य क्षेत्रमा समस्या देखापर्ने गर्छ। यतिबेला काठमाडौंलगायत विभिन्न स्थानहरुमा बाढी पहिरोको विपद् बढ्दै गएको छ। 

विशेषगरी यस मौसममा झाडापखाला, हैजा,टाइफाइड, भाइरल हेपाटाइटिस् ,डेंगु तथा छालाका समस्याका समस्या बढी देखिने गर्छन्।  तर, पर्याप्त पूर्वतयारी नहुँदा विगतदेखि नै महामारीको समयमा सरकारले सही व्यवस्थापन गर्न सकेको छैन।  स्वास्थ्य विपद्का समय सरकार सधै चुक्ने गरेको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की बताउँछन्। 

महामारीको तयारीस्वरुप विश्वका विकसित मुलुकहरुले जोखिमपूर्ण क्षेत्रलाई नै स्थानान्तरण गर्ने गरेको पाइन्छ। तर नेपाल सरकारले भने यस वर्ष पनि मनसुनजन्य महामारीमा सरकारको तयारी खासै देखिएको छैन। 

औषधि तथा स्वास्थ्यकर्मीको टोली तयार छ: डा प्रकाश बुढाथोकी 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आकस्मिक स्वास्थ्य विपद्का लागि स्वास्थ्यकर्मीको टोली तथा औषधि तयारी अवस्थामा रहेको बताएको छ। 

जोखिमपूर्ण क्षेत्रहरुमा बढी केन्द्रित भएर तयारी गरिएको मन्त्रालयको दाबी छ।  कतिपय स्थानहरुमा औषधिको भण्डारणको कार्य समेत सम्पन्न भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी बताउँछन्। 

‘मनसुनको समयमा स्वच्छ खानेपानीको सेवन गरेमा मात्रै पनि धेरै प्रकारका स्वास्थ्य समस्याबाट बँच्न सकिन्छ,’ उनले भने। 

नेपालमा स्वास्थ्य महामारीका समयमा सामान्य औषधिहरुको समेत अभाव हुने गरेको छ। सरकारको तयारी फितलो हुँदा सामान्य स्वास्थ्य समस्या भएकाहरुले पनि महामारीको समयमा ज्यान गुमाउने गरेका छन्। 

डेंगुले महामारीको रुप लिन सक्ने आंकलन 
नेपालमा प्रत्येक वर्ष डेंगुले महामारीको रुपमा लिदैं आएको छ। यद्यपी डेंगु नियन्त्रणमा सरकारको तयारी प्रभावकारी हुने गरेको छैन। 

Ncell 2
Ncell 2

जसकारण डेंगु संक्रमणका कारण धेरैले ज्यान गुमाउने गरेका छन्। यस वर्ष काठमाडौंमा डेंगुले महामारीको रुप लिन सक्ने आंकलन चिकित्सकहरुले गरेका छन्।  विगतलाई हेर्दा केही वर्षको अन्तरालमा काठमाडौंमा डेंगुले महामारीको रुप लिदैं आएको छ। 

पानीका भाँडाहरु नियमित रुपमा सफा गर्ने तथा ५ मिलिटिर भन्दा बढी पानी जम्मा हुन नदिएमा डेंगुको जोखिम कम गर्न सकिने चिकित्सकहरु बताउँछन्।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मुलुकभर डेंगु संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। 

महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका अनुसार मनसुन सक्रिय भएको समयमा डेंगु संक्रमण बढ्नेछ। हाल काठमाडौंका विभिन्न अस्पतालमा डेंगुका बिरामीहरुको संख्या बढ्दै गएको छ। डेंगु लाग्नबाट बँच्न लामखुट्टेको टोकाइबाट बँच्नु प्रमुख उपाय भएको जानकारहरु बताउँछन्। 

डेंगुको पहिचान गर्न डेंगु परीक्षण किट वा प्रयोगशालामा रगतको परीक्षण गर्न आवश्यक हुन्छ। डेंगुले प्रत्येक वर्ष महामारीको रुप लिएपनि सरकारको तयारी भने फित्तलो देखिएको छ। जसकारण यसको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको सरोकारवालाहरु बताउँछन्। 

पूर्वतयारी नहुँदा संक्रमणका कारण मानिसहरुको मृत्यु बढी हुने गरेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन बताउँछन्।  प्रारम्भिक चरणमा नियन्त्रण गर्न सके यसले महामारीको रुप नलिने उनको भनाइ छ। 

डेंगु संक्रमितमा देखिएको लक्षणका आधारमा यसको उपचार गर्ने गरिन्छ। यो वर्ष पनि डेंगुका जटिल बिरामी बढ्न सक्ने भएकोले सरकारी अस्पतालहरु तथा सरोकारवाला निकायहरु आवश्यक तयारीमा जुट्न आवश्यक छ।

आत्तिहाल्नुपर्ने अवस्थामा छैन : डा यदुचन्द्र घिमिरे 
डेंगु नियन्त्रणका लागि स्थानीय तहमा ७ करोड ९८ लाख र जिल्ला तहमा  १ करोड ५४ लाख गरी कूल ९ करोड ५२ लाख बजेट विनियोजन गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

मनसुनको सुरुवात भएसँगै स्वास्थ्यमा समस्या थप हुने तथा कतिपयले महामारीको रुप समेत लिने इडिसिडीका महानिर्देशक डा यदुचन्द्र घिमिरे बताउँछन्। 

‘मनसुन सुरुवात भएसँगै डेंगु संक्रमण केही बढेको यद्यपि आत्तिहाल्नुपर्ने अवस्था भने छैन’ डा घिमिरेले भने, ‘मनसुन सुरु भएसँगै सातै प्रदेशमा रहेका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने टिमलाई तयारी अवस्थामा राखिएको उनको दाबी छ।’

त्यस्तै इडिसिडीले दिँदै आएको ‘फिल्ड इपिडिमियोलोजी’नामक ३ महिनाको तालिम अफिसरले तहका १ सय ४० जना कर्मचारीहरुलाई दिइएको उनले जानकारी दिए। 

‘निरन्तर वर्षापछि खानेपानीको स्रोत प्रदुषित हुने सम्भावनालाई मध्यनजर गर्दै खानेपानी आपूर्तिं गर्दै आइरहेको संघ संस्थासँग संघ तथा प्रदेश तहसम्म नै छलफल व्यापक बनाइएको छ।’उनले भने।  झाडापखाला,हैजा लगायतका संक्रामक रोगहरुको जोखिमलाई कम गर्नका पानीको स्वच्छतामा विशेष ध्यान दिइएको प्रतिक्रिया पाएको उनले बताए।  

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास उनी भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायत सामग्री लिएर आउँदै थिए । घर नजिकै उनीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो । उनलाई... बिहीबार, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो,  यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । बिहीबार, पुस १७, २०८२
लिची बगान जग्गा हिनामिनामा पूर्वमन्त्री गुप्ता थुनामा बिहीबार, पुस १७, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्