काठमाडौं– नयाँ सडकको फुटपाथ (पैदल मार्ग) सुधारमा रोकिएका काम काठमाडौं महानगरपालिकाले आजदेखि फेरि सुरु गरेको छ।
महानगरपालिकाले २०८१ जेठ ११ गते नयाँ सडकमा पैदल मार्ग सुधार कार्यक्रम थालेको थियो। महानगरपालिकाको काममा अवरोध गर्दै डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोध गरेको थियो।
यसपछि महानगरपालिकाले यसविरुद्ध उच्च अदालतमा रिट दायर गरेको थियो। महानगरपालिकाको रिटमा माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि आजबाट रोकिएको काम सुरु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।