एजेन्सी-पेरुमा बस दुर्घटना हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएको पेरुको गृह मन्त्रालयले जनाएको छ ।
पेरुको एन्डियन अयाकुचो क्षेत्रको राजमार्गमा बस दुर्घटना भएको हो । बस करिब २ सय मिटर तल खसेको राजमार्ग संरक्षण विभागका प्रमुख जोनी रोलान्डो भाल्देरामाले जनाएका छन् । भाल्डेरामाले दक्षिण–मध्य एन्डिजको लस लिबर्टाडोरेस राजमार्गमा भएको दुर्घटनापछि उद्धार कार्य जारी रहेको जनाएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।