एजेन्सी-चीनमा गर्मीको छुट्टीमा २१ करोडभन्दा बढीले रेल यात्रा गरेका छन् ।
जुलाई १ देखि १५ सम्मको गर्मीको छुट्टीमा २१ करोड १० लाख यात्रुले रेल यात्रा गरेको चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेडको जनाएको छ ।
यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा छ दशमलव पाँच प्रतिशतले बढेको कम्पनीले जनाएको छ । साथै जुलाईको पहिलो १५ दिनमा दैनिक औसत रेल यात्रुको सङ्ख्या एक करोड ४० लाखसम्म पुगेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार गर्मीको छुट्टीहरूमा विद्यार्थी भ्रमण, पर्यटन र पारिवारिक भ्रमण गरिने हुँदा रेलयात्राको उच्च माग हुने गर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।