काठमाडौँ-काठमाडौँ महानगर प्रमुख बालेन शाहले श्रम बैंकमार्फत् ९१२ जनाले पाए रोजगारी पाएको जनाएका छन् ।
प्रमुख शाहले आज सामाजिक सञ्जालमार्फत् उनले श्रम बैंकमार्फत् ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको जनाएका हुन् ।
काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तीमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको थियो ।
यो योजना सुरुवात भएको आर्थिक वर्ष २०८०-८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरी जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका शाहले जनाएका छन् ।
बालेन शाहको स्टाटस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।