डोल्पा-डोल्पाको सदरमुकाम दुनैमा गएराति आएको बाढीले सरकारी कार्यालय र केही घरमा क्षति गरेको छ । राति २ बजेदेखि सुरु भएको वर्षापछि खहरे खोलामा आएको बाढी घर र सरकारी कार्यालयमा पसेको हो ।
बाढी जिल्ला अदालत, दुनै घारी टोल र आसपासका घरहरुमा पसेको छ । यस्तै मालपोत कार्यालय र त्यस आसपासका घर र घुम्ती पसलहरुमा पनि बाढी पसेको छ ।
बाढी आएपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले आवश्यक सुरक्षाकर्मी परिचालन गरि बस्तुस्थिति बुझिएको र पुग्न सक्ने ठाउहरुमा राति नै आफू पुगेको प्रमुख जिल्ला अधिकारी तुल्सीप्रसाद दाहालले जनाएका छन् । बाढीले कुनै पनि मानवीय क्षति नभएको र अन्य क्षति के-कति भयो भन्ने यकिन हुन नसकेको प्रजिअ दाहालको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।