काठमाडौँ- कोपा अमेरिकाको उपाधिका लागि सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार बिहान ५:४५ पौने ६ बजे अमेरिकामा सुरु हुनेछ।
सेमिफाइनलमा कोलम्बिया उरुग्वेलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने अर्जेन्टिनाले क्यानडालाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको हो।
साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा छ। यसअघि अर्जेन्टिनाले १५ पटक कोपा अमेरिका जितिसकेको छ। कोलम्बिया भने २३ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्ने प्रयासमा छ। अन्तिम पटक सन् २००१ को फाइनल खेलेको कोलम्बियाले त्यतिबेला उपाधि पनि हात पारेको थियो।
पछिल्लो समय कोलम्बिया शानदार लयमा छ। उसले २८ खेलयता हार व्यहोरेको छैन। उसले अन्तिम पटक सन् २०२२ को फेब्रुअरीमा विश्वकप २०२२ का लागि भएको छनोटमा अर्जेन्टिनासँगै हार व्यहोरेको थियो।
अर्जेन्टिना पनि पछिल्ला १० खेलयता अपराजित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।