काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्गर हाउसलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। गन्ध आउने म:म को अचार डेलिभर गरेपछि कलंकीमा रहेको वर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनलाई २ लाख रुपैयाँ जरिवाना गरेको महनगरले जनाएको छ।
अनलाइन म:म अर्डर गर्ने ग्राहकलाई गन्ध भएको अस्वस्थ्यकर अचार पठाएको पुष्टि भएपछि ‘बजार व्यवस्थापन तथा अनुगमन ऐन’ बमोजिम शुक्रबार कारवाही गरिएको हो।
साथै महानगरपालिकाले आफ्नै कार्यालय भवनमा सञ्चालित नारायणी चमेना गृहलाई पनि २ लाख रुपैयाँ जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपाने बताउँछन्।
‘चमेना गृहबाट विक्री हुने खाना तथा खाजाको स्वच्छताका विषयमा उपभोक्ताबाट गुनासो आएपछि खाद्य प्राविधिकले निरीक्षण गरेर लिखित निर्देशन दिइएको थियो । यसरी दिइएको निर्देशनको पनि पालना नभएपछि कारवाही गरिएको हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।