काठमाडौ–प्रधानमन्त्री पुष्पकमल दाहालले नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बस बगाउँदा झण्डै ५ दर्जन यात्रु बेपत्ता तथा देशका विभिन्न भागमा बाढीपहिरोका कारण भएका धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
दाहालले बेपत्ता यात्रुको खोजी एवं प्रभावकारी उद्दारका लागि गृहप्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन्।
यस्तै, मनसुन सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्युनीकरणसम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्दार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारलाई पनि दाहालले अपिल गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।