पोखरा- ठगी आरोपमा विन्ध्यवासिनी सहकारीका एक जना सदस्य पक्राउ परेका छन्। पोखरामा रहेको उक्त सहकारीका पूर्व लेखा समिति सदस्य हरिप्रसाद अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका अधिकारीलाई बुधबार नै अदालतमा उपस्थित गराएको छ। विन्ध्यवासिनी सहकारी ठगी मुद्दामा हालसम्म १७ जना पक्राउ परेका छन् भने अझै १४ जना फरार रहेका प्रहरीले जनाएको छ।
फरार रहेकाहरुको खोजी भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले बताएका छन्। मंगलबार पनि सञ्चालक समितिका सचिव किरण कपाली र पूर्व लेखा समिति संयोजक बुद्धिसागर ढकाल पक्राउ परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।