काठमाडौँ- स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार चितवनको भरतपुरका ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो ।
सुन्धारामा अवैध रूपमा शङ्कास्पद कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।