धनगढी– कैलालीमा अचेत अवस्थामा भेटिएका २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-५ बस्ने ५१ वर्षीय सागर विक र अर्का एकजनाको भने परिचय नखुलेको प्रहरीले जनाएको छ।
दुवैजना मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार विकलाई स्थानीय सडकखण्ड र परिचय नखुलेका अर्का पुरूषलाई लम्कीचुहा नगरपालिका-३ को रानीजमराकुलरिया सिचाइँ आयोजनाको नहरमा अचेत फेला परेका हुन्।
उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुवै मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।