काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत नौबीसे-मलेखु सडकखण्ड १५ दिनसम्म राति ५ घन्टा बन्द हुने भएको छ। नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट रातिा बन्द गर्न लागिएको जनाएको छ। सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ।
उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ।
जहाँ ‘गर्डर लन्चिङ’ को काम गर्न लागिएको आयोजनाको भनाइ छ। यस अवधिमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, सुरक्षा निकाय लगायत) भने चल्न सक्नेछन्।
आयोजनाले यो सडक खण्डमा लेन अनुशासन कायम गरी सवारीसाधन चलाउन भनेको छ। ओभर टेक नगर्न समेत आयोजनाले आह्वान गरेको छ। यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने समेत आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।